हरियाली नेप्सेले नयाँ आर्थिक बर्षको स्वागत गर्दा लगानीकर्ता आशावादी

Jul 16, 2018 Merolagani

चालु आर्थिक बर्षको अन्तिम कारोबारमा शेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका अन्य बाहेक सबै समूह सकारात्मक रहँदा नेप्से सूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ ।

निरन्तर घटिरहेको नेप्से चालु बर्षको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएपछि लगानीकर्तामा आशाको सञ्चार गराएको छ ।

 

नयाँ आर्थिक बर्ष लागेपछि अनलाइन कारोबार प्रणालीको सुरुवात हुने, क्रमश बैंकको ब्याजदर समेत घट्दै जाने, बजार सुध्रिएपछि बैंकहरुबाट आउने मार्जिन कलको सामना गर्नु नपर्ने र धितोपत्र बोर्डले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेका बजार सुधारको कार्यक्रमहरु सञ्चालनमा आउँदा बजारले सकारात्मक गति लिने विश्वास लगानीकर्ताकाे रहेकाे छ ।

बजारमा दोहोरो अंकको सुधार आएपनि बर्षान्तको क्लोजिङका कारण उल्लेखीय रुपमा कारोबार बढ्न सकेन । सोमबार नेप्से १२.२७ अंकले बढेर १२१२.३६ अंकमा पुगेको छ ।

यसदिन १५९ कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता शेयर ३१ करोड ८५ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १२ करोडले बढी हो ।

यसदिन बीमा समुह सबैभन्दा धेरै १७४ अंकले बढेको छ । अन्य समूह नकारात्मक रहदा बाँकी समूहमा भने सुधार आएको छ ।

सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २० लाख बराबरको संस्थापक शेयर किनबेच भएको बजारमा नबिल बैंकको पनि २ करोड ६० लाख बराबरको संस्थापक शेयरको कारोबार भयो । जनता बैंकको करिब दुई करोड बराबरको कारोबार भएको छ ।

यसदिन युनाइटेड हाइड्रो र एशियन लाइफ इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै सात प्रतिशत भन्दा बढीले कमाए । गण्डकी विकास, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रो लाइफ इन्स्योरेन्स लगायतको शेयरमूल्य बढेको छ ।

ङादी पावरका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाएको बजारमा समता माइक्रो, सिभिल लघुवित्त, प्रार्इम लार्इफका संस्थापक शेयरधनी धेरै गुमाउनेमा परे ।

 

चालु आर्थिक बर्ष निराशाजनक, बर्षदिन ४२१ अर्ब गुम्यो

चालु आर्थिक बर्षमा समग्र नेप्से भने ३७१.२१ अंकले घटेको छ । चालु आर्थिक बर्षको पहिलो शेयर कारोबार भएको दिन ०७४ साउन एक गते आइतबार नेप्से १५८३.५७ विन्दुमा रहेको थियो । आर्थिक बर्षको अन्तिम कारोबार दिन ०७५ असार ३२ गते नेप्से १२१२.३६ अंकमा रहेको छ ।

उक्त दिन १४९ कम्पनीको कारोबार भएको बजारमा १२ लाख ९४ हजार कित्ता सेयर ६८ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भए । सो दिन समग्र बजार पूँजीकरण १८ खर्ब ५६ अर्ब रुपैयाँ रहेको थियो । बर्षदिनमा समग्र बजार पूँजीकरण चार खर्ब २१ अर्बले ओरालो लागेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।