मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

Jul 16, 2018 Merolagani

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनुहोस, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षा मेरो सुरक्षाले गर्ने भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो ।



मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्क्त जीवनमा सहयोग गर्नेछ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए ।

‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने ।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप ईन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ ।

यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।