बैंक अफ काठमाण्डूको १३.२५% बोनस पारित, प्रकाश श्रेष्ठ संचालक समितिको अध्यक्ष चयन

Jul 16, 2018 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) को २३ औं बार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यसैगरि बैंकका संचालक प्रकाश श्रेष्ठ संचालक समितिको अध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ ग्रहण गरेका छन् ।

बैंकका अन्य सञ्चालकहरुमा राधेश पन्त,जितेन्द्र धिताल, हेमराज सुवेदी, गोविन्द प्रसाद शर्मा, मदनलाल जोशी र दिब्यनीधि विष्ट रहेका छन् ।

यस्तै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन गर्ने लगायतका अन्य प्रस्ताव समेत पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।