हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियाे । यसअनुसार असार २१ गतेसम्म कायम रहेका
सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
नेशनल लाईफले एनआईबिएल एस क्यापिटल मार्फत चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
सेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, र सम्पूर्ण शाखा कार्यालयहरुबाट यस हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
त्यसैगरि सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज,ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट समेत आवेदन गर्न सकिने व्यवस्था छ ।
कम्पनीको हकप्रदमा आवेदन गर्ने अन्तिम दिन भदौ ४ गते रहेको छ । हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ७९९ रुपैयाँमा कारोबार भएको छ ।