नेप्सेले आजदेखि छुट्यायो जीवन र निर्जीवन बीमाको उप सूचक

Jul 17, 2018 Merolagani

नेपाल स्टक एकसचेन्जले साउन १ गते मंगलबारदेखि जीवन बीमा र निर्जिवन बीमाको उप सूचकलाई समेत अलग गरेको छ । मंगलबार नेप्सेमा कारोबार खुल्नासाथ दुई समूहलाई अलग गराएको नेप्सेको वेभसाइटमा देखिएको छ ।

जीवन बीमा र निर्जिवन बीमाको दुवैको सूचक ६,१९९.४५ कायम गरी अलग अलग समूह गराईएको थियो ।

कारोबार हुन थालेपछि जीवन बीमा समूहको सूचक बढेको थियो तर केही समयपछि जीवन र निर्जिवन बीमा दुवै समूहको सूचक ओरालो लागेको छ । 


बीमा समूहको सूचक छुट्याईपछि नेप्सेमा अब एघार उप समूह पुगेका छन् । नेप्सेले केही महिना अघि बिकास बैंक समूहबाट लघुवित्तलाई अलग गरेको थियो ।

साथै नेप्सले आजबाटै अनलाइन प्रणालीको परीक्षण समेत सुरु गरीएको जनाएको छ । अनलाइन कारोबारका लागि लगानीकर्ताले आफुले कारोबार गर्ने सेयर दलालकोबाट युजर नेम र पासवोर्ड लिनुपर्नेछ ।

युजर नेम र पासपोर्ड लिनको लागि ग्राहक पहिचान विवरण केवासी अनिवार्य नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।