समस्याग्रस्त नारायणी डेभलपमेन्ट बैंकद्धारा तीन अार्थिक वर्षको साधारणसभा आह्वान

Jul 17, 2018 Merolagani

झण्डै १३ करोड निक्षेप अझै जोखिममा 

राष्ट्र बैंकको समस्याग्रस्त सूचीमा रहेको नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले एकै पटक तीन आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । बैंकको असार ३२ गते सम्पन्न सञ्चालक समितिको बैठकले १३, १४ र १५ औं बार्षिक साधारणसभा गर्ने निणर्य गरेकाे हाे । बैंकले साउन २२ गते बिहान ११ बजे स्टार व्याङक्वेट रत्ननगर

बैंकका तत्कालीन अध्यक्ष उत्तम प्रसाद द्धा तथा महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतले २३ करोड ७२ लाख बराबरको रकम हिनामिना गरेपछि संस्था समस्याग्रस्त भएको थियो । बैंकको तत्कालीन अध्यक्षको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई कमसल धितो राखि ऋण प्रवाह गरिएको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने प्रस्ताव गरिएको छ । यस्तै लेखा परिक्षकको प्रतिवेदन सहित तीन आर्थिक वर्षको वासलात तथा आय व्यय, नाफा नोक्सान तथा नगद प्रवाह वितरण माथि पनि छलफल गरि पारित गर्ने प्रस्ताव गरिएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

चैतसम्म कस्तो छ बैंकको अवस्था ?

खराब कर्जाले गाँजेपछि नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो । बैंक समस्याग्रस्त घोषणा हुँदा बैंकमा ४१ करोड एक लाख पाँच हजार रुपैयाँ कर्जा रहेकोमा २०७४ चैतसम्म ६ करोड ८५ लाख ५५ हजार रुपैयाँमा रहेको छ ।

त्यसैगरि बैंक समस्याग्रस्त घोषणा हुँदा ११ हजार ६७७ खाताको ८२ करोड ८५ लाख निक्षेप फिर्ता गर्नुपर्ने रहेकोमा २०७४ पुससम्म ११ हजार २३५ खाताको १२ करोड ९० लाख ३१ हजार रुपैयाँमा घटाएको छ ।

२०७४ चैत मसान्तसम्म बैंकको निष्कृय कर्जा अनुपात ९५.५२ प्रतिशत र पूँजीकोष अनुपात ११. ९१ प्रतिशत रहेको छ । 

नियमन, सुपरिवेक्षण र संस्थागत सुशासनको कमी, आन्तरिक ऋण प्रवाह, राजनीतिक प्रभाव, रियल स्टेट तथा अनुत्पादकत्व क्षेत्रमा अधिक लगानी, आन्तरिक नियन्त्रणमा कमी जस्ता प्रमुख कारणहरुले बैंक तथा वित्तीय संस्थाहरु संकटग्रस्त बनेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।