बैंकहरुको सुरक्षा दिन सरकार सक्षम, ढुक्क भएर शाखा विस्तार गर्नुस् : अर्थमन्त्री

Jul 17, 2018 Merolagani

स्थानीय तहमा जाने बैंकहरुको सुरक्षा दिन सरकार सक्षम रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । काठमाडौंमा एक वाणिज्य बैंकले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुको सुरक्षा दिन सरकार सक्षम रहेको बताएका हुन् ।

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटिले स्थानीय तहमा बैंकहरुलाई सुरक्षाको चुनौति रहेकोले बैंकको शाखा विस्तारमा असहज भएको बताएपछि अर्थमन्त्री खतिवडाले सरकार सुरक्षा दिन सक्षम रहेको बताएका हुन ।

मन्त्री खतिवडाले भने, 'सरकार बैंकहरुको सुरक्षा दिन सक्षम छ । ढुक्क भएर शाखा विस्तारको कामलाई निरन्तरता दिए हुन्छ ।’

शाखा विस्तारका साथसाथै अनलाइन, मोबाइल बैंकिङ्ग लगायत डिजिटल बैंकिङ सेवा माध्यम मार्फत पहुँच पुर्याउन अर्थमन्त्री खतिवडाले आग्रह गरे । शाखा विस्तारको क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न बैकल्पिक स्रोतको पहिचान गर्नुपर्ने उनको भनाई छ ।

अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिनाभित्र बैंकहरु स्थापना गरिसक्न निर्देशन समेत दिए ।

सरकारले बजेट मार्फत सबै नेपालीको बैंक खाता घोषणा गरेकाले अब सबै नेपालीहरुले बैंक खाता मार्फत आर्थिक कारोबार गर्न जोड दिनुपर्ने उनले बताए ।

बैंकहरुलाई महिलाहरुको लागि विशेष प्रकारको कर्जा सुविधा ल्याउन मन्त्री खतिवडाले आग्रह गरेका छन् । उनले भने, 'बैंकले महिलाको लागि विशेष प्रकारको कर्जा सुविधा सहित उनीहरुको व्यवसायलाई प्रोत्सहान मिल्ने खालको योजना अघि ल्याउनुपर्दछ ।’

बैंकले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले स्थानीय तहमा बैंकहरुलाई सुरक्षाको चुनौति रहेको बताएका छन् ।

संघीय संरचना अनुसार गठित ७५३ स्थानीय तह मध्ये अझै १९७ तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । त्यसमध्ये ६५ स्थानीय तहमा शाखा विस्तार गर्न सुरक्षाको चुनौति रहेको बताए ।

यस्तै डेपुटी गर्भनर शिवाकोटीले बैैकहरुले आगामी ६ महिना भित्र हरेक प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गर्नुपर्ने बताए ।

प्रादेशिक कार्यालयले प्रदेश भित्र रहेको शाखा कार्यालयहरुवाट कारोबारको डाटा संकलन गरेर राष्ट्र बैंकलाई बुझाउनु पर्ने र राष्ट्र बैंकले आर्थिक गतिविधिको बारेमा प्रदेश सरकारलाई आर्थिक प्रतिवेदन बुझाउनु पर्ने उनको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।