अघिल्लो बर्ष यसै अवधिमा कम्पनीले आठ करोड एक लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले खुद नाफा २७.४३ प्रतिशतले वृद्धि गरेको हाे ।
थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले गत आर्थिक बर्षमा तीन अर्ब ८६ करोड रुपैयाँ बैंकहरु मार्फत सापटी लिएर चार अर्ब १३ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यसबाट कम्पनीले आफ्नो खुद ब्याज आम्दानी २८.३७ प्रतिशतले बढोत्तरी गरेर १६ करोड ५९ लाख आर्जन गरेको देखिन्छ ।
निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल यस लघुवित्तले ७३ लाख कर्जा नोक्सानी व्यवस्था गरेको छ । कर्मचारी र अन्य सञ्चालन खर्चमा राम्रो व्यवस्थापन गर्दा लघुवित्तले १६ करोड पाँच लाख सञ्चालन नाफा गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको चुक्ता पूँजी ४५ करोड ५१ लाख रुपैयाँ थियो । अहिले चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
पाँच करोड ९८ लाखको जगेडा कोष १२ करोड बढीले बढाएर १८ करोड ४४ लाख पुर्याएको छ । जसले कम्पनीको लाभांश क्षमता बढ्दा सेयरधनीले फाइदा पुग्नेछ । तर पूँजी वृद्धिको असरले माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसाबाट १४ रुपैयाँ ९३ पैसामा झरेको छ ।
माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात ३६.१७ गुणा रहेको छ ।