कारोबार खुलेको झण्डै दुई घण्टापछि चल्न थाल्यो नेप्सेको वेवसाइट

Jul 18, 2018 Merolagani

प्राविधिक समस्या आएपछि बन्द रहेको नेप्सको वेवसाइट बजार खुलेको दुई घण्टा पछि सुचारु भएको छ । 'कनेक्टिभिटि लस्ट' का कारण वेबसाइटमा समस्या आएपछि नेप्सेको दुबै वेवसाइट संचालन हुन सकेका थिएनन् ।

नेप्सेको दुबै वेवसाइट नचलेपछि लगानीकर्ता बजारको सूचना लिनबाट बन्चित भएका थिए । अब भने नेप्सेका दुबै वेवसाइट सुचारु भएका छन् ।


 
दुई घण्टाको अवधिमा नेप्से सूचक ३.०९ अंकले घटेर १२०१.२२ अंकमा झरेको छ । यस अवधिमा १०३ कम्पनीका एक लाख ३९ हजार ८८२ कित्ता शेयर ३ करोड ८२ लाख १५ हजार बराबरमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै कारोबा प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ ।

कारोबार आएका नौ समूहमा मध्ये वित्त र अन्य बाहेक सबै उप समूह ओरालो लागेका छन् ।

 

यसबीचमा श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै दुई प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोको पाँच प्रतितशले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।