प्राईम लाईफमा सिइओ भट्टराईले अर्को चार बर्ष सम्हाल्ने भए कमान

Jul 18, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) को प्रमुख कार्यकारी अधिकृतमा मनोज भट्टराई पुनः नियुक्त भएका छन् । यसअघि पनि प्राइम लाइफमा चार बर्ष सिइओको जिम्मेवारी सम्हालिसकेका भट्टराईको कार्यकाल सकिएपछि कम्पनीले फेरी उनलाई चार वर्षे कार्यकाल थप गरेको थियाे ।

गत असार ४ गते सम्पन्न सञ्चालक समितिको ११ औं बैठकले थप ४ बर्षका लागि नियुक्त गर्न प्रस्ताव गरेको थियाे । प्राइम लार्इफ इन्स्याेरेन्सका कम्पनी सचिव राजन प्रसाद अधिकारीले सञ्चालक समितिको प्रस्तावलार्इ बीमा समितिले साउन १ गते स्वीकृती प्रदान गरेकाे बताए । 

यससँगै प्रार्इम लार्इफ कम्पनीको कमान भट्टराईले सम्हाल्ने भएका हुन् । भट्टराईसँग बीमा र बैंकिङ क्षेत्रमा गरेर झण्डै तीन दशककाे कार्याअनुभव रहेकाे छ ।

नियम अनुसार कुनै पनि कम्पनीमा एक व्यक्तिले प्रमुख कार्यकारी अधिकृत भएर बढीमा दुई कार्यकाल काम गर्नसक्ने व्यवस्था छ ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।