शिवम् सिमेन्टको आईपिओ साउन १३ देखि बिक्रीमा आउने, पहिलो चरणमा स्थानीयलाई

Jul 19, 2018 Merolagani

सर्वसाधारणमा आईपिओ जारी गर्ने पहिलो सिमेन्ट उद्योग बनेको शिवम् सिमेन्ट् लिमिटेडले साउन १३ गते देखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीयलाई ८ लाख ८० हजार कित्ता आईपिओ बिक्री गर्ने भएको हो।

शिवमले स्थानीयलाई अंकित मूल्यमा प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँमा आईपिओ निष्काशन गर्ने भएको हो ।

उक्त आईपिओमा साउन १३ गतेदेखि भदौ ११ गतेसम्म आवेदन गर्न पाइनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आर्इपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । स्थानीयले सी–आस्वाबाट आवेदन दिन सक्नेछन् । तर उद्योग प्रभावित स्थानीय सी–आस्वा अनिवार्य भने गरिएको छैन ।

मकवानपुरको हेटौंडामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

 

स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेपश्चात उद्योगले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँका दरले ४४ लाख कित्ता आईपिओ निष्काशन गर्नेछ ।

उद्योगले दुई चरणको आर्इपिओ बिक्रीबाट २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपिओपछि कम्पनीको चुक्त्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ ।

शिवमले जारी पूँजी ४ अर्ब ४० करोड रुपैयाँको स्थानीय बासिन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत गरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) बिक्री गर्नेछ ।

कम्पनीको गत माघमा सम्पन्न विशेष साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेपछि शिवमले आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन गरेको थियो ।

कस्तो छ कम्पनी ?

चीनको होङ्सी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको शिवम् सिमेन्टको उद्योग मकवानपुरको हेटौँडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवमले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता उद्याेगसँग छ।

प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने शिवम् सिमेन्ट्को यस्तो छ तीन बर्ष यताको प्रगति

कम्पनीले गत चैत मसान्तसम्म ९३ करोड ६६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा १ अर्ब ४३ करोड नाफा पुग्ने प्रक्षेपण गरेको छ ।

इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३+ प्रदान गरेको छ । सार्वजनिक निष्काशन गरिने सम्पूर्ण शेयर प्रत्याभूति समेत गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।