पञ्चकन्याको आईपिओमा दुई दिनमा पर्यो झण्डै चार गुणा बढी आवेदन

Jul 19, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) मा झण्डै चार गुणा आवेदन परेको छ । कम्पनीले साउन १ गतेदेखि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेकोमा दुर्इ दिनमा सो परिमाणमा आवेदन परेको हो ।

हाईड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनरार्इज क्यापिटलले साउन २ गतेसम्म ३७ करोड १८ लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । ५२ हजार बढी आवेदनबाट ३७ लाख १८ हजार कित्ता सेयर माग भएको हाे। आईपिओ माग भएको रकम निष्काशित आईपिओको ३.७२ गुणा अधिक हो । 

पहिलो दिन मंगलबार १८ हजार आवेदन परेकोमा बुधबार ३४ हजारकाे आवेदन परेको हो । आईपिओमा आवेदन गर्ने  समय साउन ४ गते शुक्रबारसम्म रहेको छ ।

एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । 

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।

 

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपिओ जारी गरेको हो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।