शेयर रजिष्ट्रार नियुक्तसँगै बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु एनआईबिएल एस क्यापिटल लाजिम्पाट मार्फत हुनेछ ।
यसअघि बैंकको सेयर रजिष्ट्रारको कार्य तत्कालीन एस क्यापिटल मार्फत हुँदै आएको थियो । एनअार्इबिएल क्यापिटल र एस क्यापिटल मर्ज भएपछि एनआईबिएल एस क्यापिटल बनेकाे हाे ।
ज्याेति विकास बैंकले हालै मात्र नुवाकाेटामा केन्द्रिय कार्यालय रहेकाे हाम्राे विकास बैंकलार्इ प्राप्ती गर्ने सम्झाैता गरेकाे छ । यसपश्चात बैंककाे सेयर संख्या ३ कराेड बढी पुग्नेछ ।