कुमारी बैंकको लिलामी सेयरको यस्तो छ अन्तिम नतिजा, कटअफ कति ?

Jul 19, 2018 Merolagani

कुमारी बैंक(KBL) ले लिलामीमा निष्काशन गरेको सर्वसाधारण तर्फको सेयर ३६१ जना तथा संस्थापक तर्फको ७ जनाले हात पारेका छन् । बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार साधारण तर्फको 'कटअफ' मूल्य १७५ रुपैयाँ र संस्थापक तर्फको १०७ रुपैयाँ १० पैसा कायम भएको छ ।

कुमारी बैंकले लिलामीमा ल्याएको ११ लाख ४१ हजार ३७४ कित्ता सेयर असार ३१ गते आईतबार बाँडफाँड भएको हो ।

बैंकले साधारणतर्फको ६ लाख ३२ हजार २८२ कित्ता र संस्थापक तर्फको ५ लाख एक हजार ९२१ कित्ता सेयर न्यूनतम एक सय रुपैयाँमा लिलामी खुल्ला गरेको थियो ।

बैंकको लिलामी सेयरको लागि न्यूनतम एक सय रुपैयाँ तोकिएको सेयरको लागि अधिकतम १८९ रुपैयाँ सम्म बोलपत्र परेको क्यापिटलले जनाएको छ ।

एक जना लगानीकर्ताले खातामा पैसा नराखी प्रतिकित्ता ५०० रुपैयाँका दरले चार हजार कित्ता माग गरेका थिए । तर खातामा पैसा नभएकाले सो आवेदन रद्ध गरिएको क्यापिटलले जनाएको छ ।

सर्वसाधारण शेयरका लागि दुई हजार ५ सय ८८ तथा संस्थापकको ३६ वटा आवेदन परेको थियो ।

बैंकले गत बैशाख २८ गते देखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री खुल्ला गरेकामा हकप्रदमा नबिकेको शेयर लिलामीमा निकालेको थियो ।

लिलामी बाँडफाँडपछि बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुगेकाे छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। सो रकम बैंकले बोनस मार्फत कायम गर्ने योजना राष्ट्र बैंकमा पेश गरिसकेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।