'पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ' – प्रधानमन्त्री

Jul 19, 2018 RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको बिहीबार निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढङ्गमा अघि बढिरहेको बताए ।

सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापन लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

यसबारे पर्यटनमन्त्री अधिकारीले धावनमार्गको उत्तर र दक्षिणतर्फ चार-चार लेनको सडक मार्ग विस्तार हुने जानकारी दिए । उनका अनुसार विजयपुर खोलामा अर्को पुल निर्माण गरिनुपर्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।