सेञ्चुरीको ब्रान्ड एम्बासडरमा पारस खड्का र प्रतिभा माली नियुक्त

Jul 19, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

खेल क्षेत्रसँग सम्बन्ध जोडिँदै बैंकले आफनो सेवाको विकास र विस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु खड्का र मालीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । 

यस नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।