प्राइम लाइफको एकैदिन भयो दश लाख ७३ हजार कित्ता संस्थापक शेयरको किनबेच ?

Jul 19, 2018 Merolagani

बिहीबारको शेयर बजारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको दश लाख ७३ हजार ४४४ कित्ता संस्थापक शेयरको किनबेच भएको छ । प्राइमको संस्थापक शेयर प्रतिकित्ता २८५ रुपैयाँका दरले ३० करोड ५९ लाख ३१ हजार ५४० रुपैयाँ बराबरमा किनबेच भयो ।

कम्पनीको संस्थापक शेयर दुई पटक ५ लाख ३६ हजार कित्ताका दरले किनबेच भएको छ । उच्च कारोबार हुँदा प्राइम लाइफको संस्थापक शेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँले समेत घटेको छ ।

प्राइमको संस्थापक शेयरको उच्च कारोबारले बिहीबारको शेयर कारोबारलाई उकासेको छ ।

यो खबर तयार पार्दासम्म शेयर बजारमा करिब ५० करोड बराबरको कारोबार भएको छ । नेप्से सूचक भने नकारात्मक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।