नेपाल बङ्गलादेश बैंक र नर्भिक अस्पतालबीच छुट सम्झौता

Jul 19, 2018 Merolagani

नेपाल बङ्गलादेश बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच अस्पतालद्वारा प्रदान गरिने सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नर्भिकले बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलार्इं विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

त्यसैगरि बैंकका कर्मचारीहरु त्था कर्मचारीको परिवारको सदस्यहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने जनाइएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए ।

नेपाल बङ्गलादेश बैंक र नेपालको निजी क्षेत्रको ठूलो मध्येको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच भएको उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।