सिन्धुपाल्चोकको पाँचपोखरीमा मेगा बैंकको १०० अाैं शाखा स्थापना

Jul 19, 2018 Merolagani

मेगा बैंक नेपाल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताइनन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरु सहित मेगा बैंकलाई नयाँ ढंङ्गले अघि बढाउने बताइनन् ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको हो । टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।

बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।