गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा

Jul 19, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको हो ।

यस सँंगै बैंकको ६८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

बैंकले विस्तारित शाखा मार्फत निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटीएम, सि आस्वा, मोवाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, लगायत पूर्ण बैकिङ्ग सेवा प्रवाह हुने जनाइएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।