नेप्सेको गिरावट थामिएन, प्राइम लाइफले उकास्यो कारोबार

Jul 19, 2018 Merolagani

नयाँ आर्थिक बर्ष सुरु भएको तेस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । नेप्से सूचक घटेपनि प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको उच्च कारोबारले कारोबार रकममा भने बढोत्तरी आएको छ ।

बिहीबार नेप्से ५.३८ अंकले ओरालो लागेर ११९३.३९ अंकमा झरेको छ । दिनभरको बजारमा कूल १६२ कम्पनीका ५६ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

बजार घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा ३९ करोडले बढेको छ । प्राइम लाइफकै साढे ३० करोड बराबरको संस्थापक शेयरको किनबेच भएपछि कारोबार रकम उकासिएको हो । बुधबार १७ करोड बराबरको मात्र कारोबार भएको थियो ।

प्रार्इमपछि उच्च कारोबार गर्ने नबिल बैंककाे  ३ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो । नेपाल इन्स्योरेन्स साढे दुई करोड बराबरको कारोबार हुँदा प्रभु इन्स्योरेन्स र अरुण भ्यालीको कारोबार पनि करोड नाघ्यो ।

बिहीबारको बजारमा होटल र उत्पादन समूह बाहेक बाँकी सबै समूहको सूचक घटेको छ । होटल समूहको १४.६१ अंकले बढेको छ उत्पादनको सामान्य बढेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८० अंकले ओरालो लागेको छ । जीवन बीमा समूहको सूचक पनि ४३ अंकले घटेको छ ।

 

बजारमा सबैभन्दा बढी एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य ४.०३ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट, नेपाल कम्युनिटी तथा पोखरा फाइनान्सको पनि दुई प्रतिशतका दरले बढेको छ ।

नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रो, सिनर्जी हाइड्रो तथा भार्गव विकास लगायतको शेयरमूल्य पाँच प्रतिशतले घटेको छ । भने नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।