मिल सञ्चालमा आवश्यक पर्ने ११ केभिए विद्युत् लाइन जडान भएको वनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको थियो ।
हालको लागि परीक्षणको लागि दैनिक ६ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने अध्यक्ष वनले बताए । मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ ।
वि.सं. १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो । चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो ।
२०६९ सालबाट भारतीय कम्पनी विमसम इन्टरनेशनलले लिजमा २५ वर्षका लागि जुट मिल सञ्चालन गर्न पाएपनि जम्मा एक वर्ष ३ महिना मात्रै सञ्चालन गरेको थियो । त्यस यता यो ऐतिहासिक उद्योग बन्द रहेको छ ।
जुटमिल सञ्चालनले निरन्तरता पाउने र प्रतिदिन २० टनको दरले उत्पादन गर्दा वार्षिक २९ करोड नाफा गर्ने सञ्चालक समितिले अनुमान गरेको छ ।
जुट मिल पूर्ण रुपमा सञ्चालन हुने हो भने तीन हजार ५०० ले रोजगारी पाउँछन् । मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको बताइएको छ।
एक करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ६८ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । लामो समयदेखि उद्योग बन्द हुँदा कम्पनीको शेयर कारोबार समेत बन्द छ । अहिले जुटमिल ऋण नै ऋणमा डुबेको छ । जुट मिललाई अहिले सावाँ ब्याज गरेर तीन अर्ब २० करोड भन्दा बढी ऋण पुगेको छ ।