गत आर्थिक बर्षमा सेयर बजारकाे कुन सूचक कस्ताे रह्याे ?

Jul 20, 2018 Merolagani

गत आर्थिक बर्ष सेयर बजारका लगानीकर्ताका लागि त्यति उत्साहप्रद रहन सकेन । गत आवमा नेप्से परिसूचक, कूल कारोबार रकम, बजार पूँजीकरण, र नेप्सेमा कारोबार हुने अधिकांश उप सूचक घटेका छन् । दश उप सूचक मध्ये अन्यको सूचकमा मात्र समान्य वृद्धि भएको छ ।

धितोपत्र बोर्डले गरेका कानूनी  सुधार र बजार विस्तारका कार्यक्रमहरु (मोफसलबाट लिलामी सेयरमा आवेदन गर्ने र सेयर ब्रोकरको आरडब्लु एस शाखा स्थापना) लाई नजर अन्दाज गर्ने हो भने सेयर बजारका लगानीकर्ता गत आवमा धेरै कोणबाट बजारबाट लाभान्वित भन्दा बढी प्रताडित नै बनेका छन् ।

२०७४ साउन १ गते एक हजार ५८२.६७ अंकमा रहेको नेप्से परिसूचक ३७० अंकले घटेर २०७५ साउन १ गते आईपुग्दा एक हजार २१२.३६ अंकमा झरेको छ ।

गत बर्ष बीमा सूचक सबैभन्दा बढी दुई हजार १५० अंकले घटेको छ । बीमाको सूचक ८ हजार ३५० बाट ६ हजार १९९ बिन्दुमा अडिएको हो । बिन्दुगत आधारमा विकास बैंकको सूचक दोस्रो ठूलो घट्ने सूचक बनेको छ । विकास बैंकको सूचक एक हजार ९४५ अंकबाट ५११ अंकले घटेर एक हजार ४३४ अंकमा झरेको हो ।

त्यसैगरि जलविद्युत उप समूहको इन्डेक्स् तेश्रो घट्नेमा परेको छ । यसको सूचक ४१९ अंकले घटेर एक हजार ४९८ अंकमा आईपुगेको छ ।

बाणिज्य बैंक सूचक एक हजार ४१८ अंकबाट घटेर २०७५ साउन १ गते आईपुग्दा एक हजार २३ अंकमा झरेको छ । समीक्षा अवधिमा बाणिज्य बैंकको सूचक ३९५ अंकले घटेको हो ।

होटल्स् उप समूहमा पनि ३७४ अंकको गिरावट आएको छ । २०७४ साउन १ गते दुई हजार २२१ अंकमा रहेको सूचक २०७५ साउन १ गते आईपुग्दा एक हजार ८४६ अंकमा झरेको छ ।

गत कात्तिक १५ गतेदेखि विकास बैंकबाट अलग कारोबार हुन थालेको लघुवित्तको सूचकमा समेत २२५ अंकले घट्यो । एक हजार ८३२ अंकमा अलग भएको लघुवित्तको सूचक साढे आठ महिना अवधिमा एक हजार ६०७ बिन्दुमा झर्न पुग्यो ।

वित्त सूचक १२३ अंकले ६०५ मा झरेको छ । गत साउन १ गते वित्त उप समूहको इन्डेक्स् ७२९ अंकमा रहेको थियो । उत्पादन तथा प्रशोधनमा १०२ अंकको गिरावट आएर दुई हजार २६४ अंकमा झरेको छ भने ब्यापार १६ अंकले झरेर १९६ अंकमा अडिएको छ ।

बढेको एकमात्र सूचक अन्यमा ८ अंकले बढेको छ । अघिल्लो साउन १ गते ६९९ बिन्दुमा रहेको यसको सूचक ७०७ अंकमा बढेको हो ।

बैंकिङ्ग इन्डेक्स् २७.८६ प्रतिशतले घट्दा अन्यमा १.१८ प्रतिशतको बढोत्तरी

घटेको सूचकलाई प्रतिशतको आधारमा हेर्ने हो भने नेप्से परिसूचक २३.४० प्रतिशतले घटेको छ । तर गत आवमा बैंकिङ्ग इन्डेक्स् नेप्से सूचकभन्दा बढी २७.८६ प्रतिशतले घटेको छ । विकास बैंक पनि २६.२८ प्रतिशत र बीमा २५.७६ प्रतिशतले ओरालो लाग्न पुग्याे ।

त्यसैगरि जलविद्युत २१.८९ प्रतिशत, वित्त १६.९९, होटल्स् १६.८७ र लघुवित्त १२.३० प्रतिशतले घटेको देखिन्छ । ब्यापार ७.७५, उत्पादन तथा प्रशोधन ४.३३ प्रतितशले घट्यो । अन्य सूचक भने १.१८ अंकले वृद्धि भएको हो ।

कारोबार रकम र कित्ता दुबै घटे

गत आर्थिक बर्षमा नियमित र म्यानुअल दुबै कारोबारबाट एक खर्ब २२ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो बर्ष दुई खर्ब ६ अर्ब ५७ करोडको कारोबार भएको थियो । कारोबार ६८.६७ प्रतिशतले घटेको हो ।

गत आवमा कारोबार भएको सेयर कित्ता पनि घटेको छ । अघिल्लो बर्षमा ३ अर्ब ९३ करोड कित्ता सेयर १३ लाख ५३ हजार ३९४ पटक कारोबार भएकोमा गत बर्ष दुर्इ अर्ब ९४ करोड कित्ता सेयर मात्र १३ लाख १० हजार ७०८ पटक खरिद विक्री भएका छन् । सेयर कारोबार कित्ता ९९ करोडले घटेको हो ।

औसतमा प्रतिदिन कारोबार हुने कम्पनी बढे

गत आवमा धेरै कम्पनीहरुले सेयर निष्काशन गर्दा औसत सेयर कारोबार कम्पनी बढेका छन् । अघिल्लो आवमा प्रतिदिन औसत १३८ कम्पनीको सेयर कारोबार हुने गरेकोमा गत आवमा प्रतिदिन औसत १५९ कम्पनीको कारोबार भएको देखिन्छ । अघिल्लो आवमा धेरै कम्पनी मर्जर प्राप्तीमा सामेल भएकाले पनि सबै कम्पनीको सेयर कारोबार हुन सकेको थिए ।

लगानीकर्ताको सम्पत्ति ४ खर्ब २२ अर्बले घट्यो

२०७४ साउन १ गते सेयर बजारमा लगानीकर्ताको सम्पत्ति १८ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा नेप्से परिसूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार २०७५ साउन १ गते आईपुग्दा पूँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँमा घट्न पुगेको हो ।

एक आर्थिक बर्ष अवधिमा लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति ४ खर्ब २२ अर्ब रुपैयाँले ह्रास आएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।