बिहीबारको बजारमा ११ हजार ३४२ कित्ता शेयर किनबेच भएकोमा हजार कित्ता शेयर प्रतिकित्ता २८० रुपैयाँमा नै किनबेच भएको छ । बाँकी शेयर २८१ र २८२ रुपैयाँका दरले किनबेच भएको हो।
निष्काशनको २० औ दिनसम्म आइपुग्दा बैंकको एफपिओमा १४ लाख ६० हजार कित्ताका लागि मात्र आवेदन परेको छ । बैंकले एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गरेको थियो ।
बिहीबार सम्म बैंकको एफपिओ अझै एक करोड ६२ लाख २४ हजार कित्ता बिक्री हुन बाँकी छ ।
अहिलेसम्म कुल निष्कासनको ८.२५ प्रतिशत शेयर मात्र बिक्री भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बुधबारसम्मको भन्दा बिहीबार थप ८३५ जना लगानीकर्ताले ७५ हजार ६२० कित्ताका लागि आवेदन गरेका छन् ।
बैंकले गत असार १५ गते शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो ।
एफपिओमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
बैंकको एफपिओ साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।