हाईड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले दिएको जानकारी अनुसार साउन ३ गते बिहीबार बेलुकासम्म ६७ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।
९५ हजार ७०० आवेदनबाट ६७ लाख कित्ता सेयर माग भएको हो । जुन सर्वसाधारणका लागि निष्काशन भएको आईपिओको तुलनामा ६.७० गुणा बढी हो ।
बुधबार बेलुकासम्म ५२ हजार बढी आवेदनबाट ३७ लाख १८ हजार कित्ता सेयर माग भएको थियो । पहिलो दिन मंगलबार १८ हजार आवेदकबाट १३ लाख कित्ता आवेदन परेको थियो । आईपिओमा आवेदन गर्ने अन्तिम दिन समय साउन ४ गते शुक्रबार रहेको छ ।
एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।
कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।