पञ्चकन्या हाइड्रोको आईपिओमा आवेदन गर्ने आज अन्तिम, घलेम्दी र माउन्टेनको लम्बियो

Jul 20, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावरको आईपिओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १ गतेदेखि सर्वसाधारणमा सेयर निष्काशन गरेको थियो । उता आयोजना प्रभावितका लागि साधारण सेयर निष्काशन गरिरहेका घलेम्दी र माउन्टेन हाइड्रोपावरको आवेदन गर्ने म्याद लम्बिएकाे छ ।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको आईपिओमा तीन दिनमा ६.७० गुणा आवेदन परिसकेको छ । शुक्रबार पर्ने आवेदनबाट कम्पनीको आईपिओमा १० गुणा बढी आवेदन पर्नेछ ।

.....{पञ्चकन्याको आईपिओमा अहिलेसम्म कति पर्यो आवेदन ?}.....

बिहीबारसम्म ९५ हजार ७०० आवेदनबाट ३७ लाख १८ हजार कित्ता सेयर माग भैसकेको छ । कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको हो ।

एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । 

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।

उता घलेम्दी र माउन्टेन हाइड्रोपावर दुबैले स्थानीयका लागि निष्काशन गरेको सेयर विक्री नभएकाले आवेदन गर्ने म्याद ढिलो मितिसम्म लम्बिएको हो । अब घलेम्दीमा म्याग्दीबासीले साउन २० गतेसम्म र माउन्टेन हाइड्रोपावरमा पाँचथर बासीले साउन २२ गतेसम्म आवेदन गर्न पाउनेछन् । 

....{घलेम्दी हाइड्रोको पनि शुक्रबारबाटै खुल्यो साढे ५ लाख कित्ता आईपिओ}..... 

.....{माउन्टेन हाइड्रोको आईपिओ खुल्यो, कसले गर्न पाउँछ आवेदन ?}.....

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।