लक्ष्मी लघुवित्तको नाफा खस्कियो, प्रतिशेयर आम्दानी कति ?

Jul 20, 2018 Merolagani

गत आर्थिक बर्षको अन्त्य अर्थात असार मसान्तसम्म लक्ष्मी लद्युवित्त (LLBS) ले ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १७.४९ प्रतिशतले कम हो ।

 कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा एक करोड ८७ लाख कम हो । अघिल्लो वर्ष लघुवित्तले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाले यो अवधिमा खुद व्याज आम्दानी २३ करोड ९४ लाख रुपैयाँ गरेको छ । ४५ करोड ४५ लाख ब्याज आम्दानी गरेको लघुवित्तको २१ करोड ५० लाख ब्याज खर्च छ ।

असारसम्ममा एक अर्ब ५० करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलाई दुई अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ  ५२ पैसा रहेको छ भने जगेडा कोषमा २० करोड २३ लाख राखेको छ ।

असार मसान्तसम्म लघुवित्तको निष्कृय कर्जा ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा, मुल्य आम्दानी अनुपात ३०.०७ गुणा तथा प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ६३ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।