कैलालीमा कर छली गर्ने ६८ जना व्यवसायीलाई कारर्वाही

Jul 20, 2018 Merolagani

कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा कर छली गर्ने ६८ जना व्यवसायीलाई कारर्वाही गरी करको दायरा ल्याएको छ । उनीहरुले कर छलेको पार्इएपछि कारर्वाही गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहाेराले आम्दानी अनुसार कर नतिरेकाले ६८ व्यवसायीहरुमाथि जरिवाना सहितको कर लगाइएको जानकारी दिए । उनले कारर्वाहीमा परेका  सबैसँग असुल्नुपर्ने कर तीन करोड ५४ लाख पाँच हजार रुपैयाँ पुगेको बताए ।

‘जसमध्ये, ३४ प्रतिशतले जरिवाना सहितको कर तिरेका छन्’, बोहराले भने–‘केहि तिर्ने प्रक्रियामा रहेका छन् ।’ एक करोडसम्मको कारोबार गर्ने करिब १५ देखि २० प्रतिशत व्यवसायीहरु विविध कारणले अझै पनि करको दायराभन्दा बाहिर रहेको प्रमुख कर अधिकृत बोहाेराले जानकारी दिए ।

यसैबीच, सो कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा ८ दशमलव ७० प्रतिशतले बढी दुई अर्ब ७७ करोड ६४ लाख ९७ हजार रुपिया कर सङ्कलन गरेको छ । उक्त अवधिमा दुई अर्ब ५५ करोड ४२ लाख २२ हजार रूपिया राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

आन्तरिक राजस्व कार्यालयले आय कर ९७ करोड ९४ लाख ६२ हजार, बहाल कर नौं करोड ५० लाख ६४ हजार, व्याज कर तीन करोड २० लाख ४९ हजार रुपिया सङ्कलन गरेको छ । यसैगरी, मूल्य अभिवृद्धि कर ७२ करोड २९ लाख ३६ हजार, अन्त शुल्क कर ९३ करोड ३० लाख १७ हजार सङ्कलन गरेको छ । यस्तै, स्वास्थ्य सेवा कर ४८ लाख ४५ हजार, शिक्षा कर ९१ लाख २५ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४र०७५ मा आन्तरिक राजस्व कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ दशमलव ५७ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३र०७४ मा एक अर्ब ९४ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा दुई अर्ब ३६ लाख २२ हजार रुपिया राजस्व सङ्कलन गरिएको थियो ।

यो कार्यालयलाई चालू आर्थिक वर्षमा तीन अर्ब ३७ करोड १८ लाख १९ हजार रूपैयाँ कर सङ्कलन गर्नुपर्ने लक्ष्य दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय धनगढीले साविकको सेती अञ्चलमा पर्ने पाँच जिल्लाको कर सङ्कलन गर्दै आएको छ । पाँच वटै जिल्लामा गरी ४० हजारभन्दा बढी करदाता रहेका छन् । जसमध्ये धनगढीमा रहेको नवजीवन सहकारी संस्था सबैभन्दा बढी वार्षिक दुई करोड ४० लाख रुपैयाँ  कर तिरेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।