ब्याज र कर्मचारी खर्चको भारले एनएमबि माइक्रोको नाफामा गिरावट

Jul 20, 2018 Merolagani

एनएमबि माइक्रोफाइनान्स(NMBMF) ले आव २०७४/७५को चौथो त्रैमाससम्ममा तीन करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा माईक्रोफाइनान्सको नाफा २४.८१ प्रतिशत कम हो । अघिल्लो बर्ष कम्पनीले ४ करोड ५३ लाख खुद नाफा कमाएको थियो ।

१४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सले जगेडा काेषमा ११ करोड तीन लाख रुपैयाँ सञ्चित गरेको छ ।

असार मसान्तसम्म माईक्रोफाइनान्सले ६९ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । उसले बैंकहरुबाट एक अर्ब ६८ करोड सापट लिएको छ ।

माइक्रोफाइनान्सले यसअवधिमा खुद ब्याज आम्दानी १६ करोड ७२ लाख रुपैयाँ गरेको छ । यो गत बर्ष भन्दा २१.४९ प्रतिशतले बढी हो ।

ब्याज खर्च १०८ प्रतिशत र कर्मचारी खर्चमा भएको वृद्धिका कारण माइक्रोफाइनान्सको नाफा घटेको हो । उसले कर्मचारीमा मात्रै अघिलो बर्षको भन्दा तीन करोड ५६ लाख बढी खर्च गरेको छ ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा २.५९ प्रतिशत प्रति सेयर आम्दानी २४ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात ६६.८९ गुणा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३४ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।