उर्जा क्षेत्रको विकासका लागि अष्ट्रेलियन दूतावाससँग सहयोग सम्झौता

Jul 20, 2018 Merolagani

अष्ट्रेलियाले नेपालको उर्जा क्षेत्रको विकासका लागि जलविद्युत परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विद्युत उत्पादन कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलपमेन्ट को अपरेशनकी प्रमुखसँग शुक्रबार १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

 

विद्युत उत्पादन कम्पनीका प्रबन्ध निर्देशक पन्तले राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने विषयमा समझदारी भएको बताए ।

समझदारीअनुसार अष्ट्रेलियाले विद्युत गृहको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।

यसैबीच शुक्रबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

उर्जा मन्त्रीसँगको भेटमा राजदूत बडले ऊर्जा क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको बताउँदै अष्ट्रेलियन सरकारले विज्ञ उपलब्ध गराई प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।

उर्जामन्त्रीले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै थप लगानीका लागि अष्ट्रेलियन सरकारको सहयोगको अपेक्षा राखेको बताएका थिए ।

सो अवसरमा राजदूत बडले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा तीन सय मेगावाटको सौर्य प्रणाली स्थापना गर्ने इच्छुक रहेको उल्लेख गरे ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।