माछापुच्छ्रै बैंकमा सेयरधनीको साढे ३ लाख लाभांश थन्कियो

Jul 20, 2018 Merolagani

३० दिनभित्र संकलन नगरे नपाईने
माछापुच्छ्रे बैंक (MBL) मा सेयरधनीको ३ लाख ४३ हजार ९७३ रुपैयाँ बराबरको लाभांश थन्किएर बसेको छ । बैंक र बैंकले प्राप्ती गरेको स्टाण्डर्ड फाइनान्सका सेयरधनीले उक्त लाभांश नलगेपछि बैंकमा त्यत्तिकै थन्किएर बसेको हो ।

संकलन नभएको लाभांशमध्ये तत्कालिन स्टाण्डर्ड फाइनान्सको आर्थिक वर्ष ०६१६२ को १९ हजार ९५० रुपैयाँ, माछापुच्छ्रे बैंकले आव २०६२६३ मा वितरण गरेको ३३ हजार २८० रुपैयाँ र आव ०६६ ६७ मा स्टाण्डर्ड फाइनान्सले वितरण गरेको दुई लाख ९० हजार ७४३ रुपैयाँ रहेको छ ।

तपाईले पनि बैंकले वितरण गरेको लाभांश संकलन गर्नुभएको छैन भने ३० दिनभित्र माछापुच्छ्रे बैंकको सेयर विभाग पुतलिसडकमा सम्पर्क गरेर लिन सक्नुहुनेछ । एक महिनाभित्र संकलन नगरेमा प्रचलित कानून अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

विभिन्न आर्थिक बर्षमा बाँडेको लाभांश रकम सेयरधनीले समयमा नै संकलन नगर्दा यसरी धेरै सेयरधनीको लाभांश बैंकहरुमा त्यत्तिकै थन्किने गरेको छ । अन्य धेरै बैंकहरुको अवस्था पनि उस्तै छ । 

स सानो रकम भएको कारण सेयरधनी संकलन गर्न नजाँदा तथा मोफसलमा रहेका सेयरधनीको लाभांश संकलन गर्न नसक्दा यसरी थन्किने गरेको छ ।

अहिले भने धितोपत्र बोर्डले लगानीकर्ताहरुको हितग्राही खातामा नै अभौतिक रुपमा सेयर र हितग्राही खातामा अद्यावधिक गरेको लगानीकर्ताको बैंक खातामा सिधै लाभांश वितरण गर्न निर्देशन दिएकाले आगामी दिनमा यसरी लाभांश नथुप्रने अनुमान गर्न सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।