एसबिआई बैंकद्धारा हितग्राही खाताको बार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह

Jul 20, 2018 Merolagani

नेपाल एसबिआई बैंक (SBI) ले बैंकमा हितग्राही खाता खोलेर धितोपत्रको कारोबार गरिरहेका खातावालाई साउन मसान्तसम्म हितग्राही खाताको बार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ ।

बैंकमा हितग्राही खाता खोलेका हितग्राहीले DP FEE/ CHARGE ANNUAL OPERATION नामको खाता नम्बर १७६९५२४७००३०५२ मा हितग्राही खातावालाको नाम, खाता नम्बर र शुल्क बुझाएको आर्थिक बर्ष उल्लेख गरेर रकम जम्मा गर्न बैंकले खातावालाई अनुरोध गरेको छ । 

शुल्क बुझाइसकेका हितग्राही खातावालाले sharedpt@nsbl.com.np इमेलमा बैंक भौचर पठाउन सकिने बैंकले जनाएको छ । समयमा नै बार्षिक खाता सञ्चालन शुल्क बुझाएर आफ्नो खाात सुचारु गर्न बैंकले अनुरोध गरेको छ ।

धितोपत्र केन्द्रीय निक्षेप नियमावली अनुसार तोकिएको समयभित्र खाता सञ्चालन शुल्क भुक्तानी नभएको अवस्थामा सो भुक्तानी नगरेसम्म हितग्राही खाता निष्कृय र रोक्का गर्नसक्ने व्यवस्था रहेको छ । खाता राेक्का भएपश्चात  खातावालाले सेयर खरिद वा  बिक्री गर्न पाउँदैनन् ।

नियमावली अनुसार एक आर्थिक बर्षमा डिम्याट खाता सञ्चालन गरेवापत सेवाग्राहीले एक सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।