बीमा तालिम केन्द्र सञ्चालनमा आयो, दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य

Jul 22, 2018 Merolagani

बीमा समितिले बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइतबारदेखि बीमा तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । बीमा समिति सहित हाल सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरुको सहकार्यमा तालिम केन्द्र सञ्चालनमा आएको हो।

नयाँ बीमा कम्पनीहरु सञ्चालनमा आएपछि बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुलिएपछि समिति र बीमा कम्पनीहरुको संयुक्त पहलमा एक करोड लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको हो ।

तालिम केन्द्रमा समितिबाट २२ लाख र ३९ बीमकबाट ७८ लाख लगानी गरिनेछ । उक्त केन्द्र हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ ।

बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार उक्त तालिम केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको अध्यक्षमा बीमा समितिका निर्देशक राजुरमण पौडेल र प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् ।

बीमा समितिमा आएका नयाँ कर्मचारीलाई सेवा प्रवेश तालिम दिएर केन्द्रको सञ्चालन गरिएको छ । आगामी दिनमा अन्य बीमा कम्पनीका कर्मचारी, अभिकर्ता र सर्भेयरलाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरिने समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्र १२ वटा नयाँ बीमा कम्पनी खुलेपछि बीमा बजारमा जनशक्ति अभाव देखिएको थियो भने नयाँ कम्पनीहरुमा पुराना कम्पनीबाट कर्मचारी तान्ने होडबाजी नै चलेको थियो ।

तालिम केन्द्र सञ्चालनमा आएकाले बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन हुने समितिको विश्वास छ । साथै अहिले बीमा क्षेत्रमा देखिएको जनशक्तिको समस्या केही बर्षमा नै समाधान हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।