इन्फिनिटी लघुवित्तले करोड नघायो खुद नाफा

Jul 22, 2018 Merolagani

अघिल्लो आर्थिक बर्षमा ५९ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको इन्फिनिटी लघुवित्त (INFINITY) ले गत आर्थिक बर्ष २०७४/७५ मा एक करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी आठ रुपैयाँ १६ पैसा कायम भएको छ । कम्पनीले ५४ लाख ४७ हजार रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । 

समीक्षा अवधिमा २५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो बर्षको यसै अवधिको तुलनामा कम्पनीले दुई करोड ७४ लाख निक्षेप संकलन गरेको थियो ।

साथै लघुवित्तले अघिल्लो बर्ष १५ करोड ७ लाख रुपैयाँ रहेको कर्जा परिचालन रकम बढाएर ८१ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

चौथो त्रैमासमा लघुवित्तले तीन करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा दुई करोड ८८ लाख रुपैयाँ बढी हो ।

गैडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको लघुवित्तको निक्षेप लागत ११.०३ प्रतिशत, पूँजी कोष अनुपात १७.४४ प्रतिशत र निष्कृय कर्जा ०.०९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।