उक्त लाभांश रकम ३० दिनभित्र संकलन गर्न त्यस्ता सेयरधनीलाई बैंकले आग्रह गरेको छ । सो अवधिभित्र रकम संकलन नगरे कम्पनी ऐन २०६३ को दफा १८२ को (९) तथा लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाइएको छ ।
पाँच बर्ष वा सो भन्दा बढी समयसम्म लाभांश संकलन नगरेका लगानीकर्ताको सूची बैंकको वेवसाईट नेपाल एसबिआई डट कम डट एन पि ( http://nepalsbi.com.np) मार्फत हेर्न सकिने बैंकले जनाएको छ ।
बैंकले प्रकाशित गरेकाे विस्तृत सूचना हेर्नुहोस्:-