नेप्सेले साउन एक गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।
साउन ६ गतेसम्म ५० वटै दलाल व्यवसायीहरु प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) सँग आवद्धता भएको हुँदा सम्पुर्ण लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउन सबै ब्रोकर कम्पनीहरुलाई भनेको छ ।
लगानीकर्ताले यस्तो युजरनेम र पासवर्ड लिएसँगै आफ्नो कारोबार तथा म्याचिङ हेर्न सक्ने छन्। तर आफ्नो अर्डर आफैले दिन भने युएटी टेष्ट पछि मात्रै पाउने नेप्सेले जनाएको छ । परीक्षणको क्रममा सरोकारवाला बाट प्राप्त राय सुझावलाई यो प्रणालीमा यथाशिघ्र समावेश गरिने पनि नेप्सेले जनाएको छ ।
नेप्सेले ब्रोकर कम्पनीहरुलाई यूजर नेम र पासवर्ड लगानीकर्तालाई वितरण गर्न भनेपछि ब्रोकर कम्पनीहरुले समेत सुरुवात गरेका छन् ।