कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय पचास कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।
लघुवित्तले हकप्रद प्रयोजनका लागि साउन७ गते सोमबार शेयर धनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार साउन ६ गते आइतबारसम्म कायम कम्पनीका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले आइपिओ ग्रेड ५ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।