विस्तार हुँदै कृषि तथा पशु बीमा, ४१ करोड बीमा शुल्क संकलन

Jul 23, 2018 Merolagani

बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले कृषि तथा पशु बीमावाट ४१ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको जेठ सम्ममा पशुपन्छी,अन्न बाली, तरकारी, फलफुल र माछाबाट साे रकम संकलन भएकाे हाे ।

पशुुपन्छी बीमावाट ३७ करोड ८५ लाख रुपैयाँ र अन्न बाली, तरकारी, फलफुल र माछावाट ३ करोड ३४ लाख रुपैयाँ गरी सो रकम बराबरको बीमा शुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

यस अवधिमा अन्नबाली बीमा अर्न्तगत ६४ लाख, तरकारी बीमाबाट ३१ लाख, फलफूल बीमावाट १ करोड, माछाबाट १ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यस्तै पशु बीमा मार्फत ३२ करोड २६ लाख रुपैयाँ र पन्छी बीमावाट ५ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ।

यस्तै कृषि बीमा गर्दा सरकारले प्रदान गर्न अनुदान रकम ३० करोड ९० लाख रुपैयाँ रहेको छ । सरकारले यस अवधिमा अन्नबाली बीमाका लागि ४८ लाख, तरकारी बीमाका लागि २३ लाख, फलफूल बीमाका लागि ७५ लाख, माछा बीमाका लागि १ करोड ४ लाख रुपैयाँ अनुदान दिएको छ ।

यस्तै पशु बीमाका लागि २४ करोड १९ लाख रुपैयाँ र पन्छी बीमाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको जेठ सम्म कुल बीमाङ्क नौं अर्ब ४८ करोड ७८ रुपैयाँ रहेको छ । यस अवधिमा १६ करोड ६७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

पछिल्लो समय नेपालमा कृषि बीमा प्रति आर्कषण बढ्दै गएको छ । बीमा समितिको उपनिर्देशक कुन्दन सापकोटाले कृषि बीमाको दायरा विस्तार हुँदै गएको बताए । उनले भने:-, 'पछिल्लो ५ बर्षको तथ्याङ्क केलाउँदा कृषि बीमाको दायरा क्रमिक रुपमा निरन्तर बढ्दै गएको छ ।’

कृषि बीमालाई थप विस्तार गर्न किसानहरुलाई बीमा सम्बन्धि सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने उनको भनाई छ । इन्स्योरेन्स क्षेत्र टेक्निकल भएकोले आम सर्वसाधारणहहरुले बुझ्ने गरी बीमा हुँदा फाईदा र नहुँदाको बेफाईदाबारे बुझाउन पर्ने उनको भनाई छ ।

नेपालमा कृषि बीमा सञ्चालन भएको ६ वर्ष मात्रै भएको छ । कृषि बीमाका लागि सरकारले प्रिमियम शुल्कको ७५ प्रतिशत अनुदान ब्यहोर्दै आइरहेको छ । चालु आर्थिक वर्षको लागि विनियोजित बजेटले पनि कृषि बीमालाई प्राथमिकतामा राखेको छ । न्यून आय भएका किसानहरुलाई केन्द्रित गरी लघु कृषि बीमाका कार्यक्रमहरु समेत सञ्चालनमा रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।