एनएमबि बैंकले आईएफसीसँग ऋण लिन राष्ट्र बैंकबाट पायो स्वीकृती

Jul 23, 2018 Merolagani

एनएमबि बैंकलाई विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आर्इएफसी) बाट ऋण ल्याउन नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । यससँगै एनएमबि बैंक विदेशी संस्थाबाट ऋण ल्याएर नेपालमा लगानी गर्ने पहिलो बैंक बन्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एनएमबिलाई हेजिङ लागत बाहेक साढे पाँच प्रतिशतभन्दा कम ब्याजदरमा १५ मिलियन अमेरेकी डलर ऋण ल्याउन स्वीकृती दिएको हो । जुन नेपाली डेढ अर्ब रुपैयाँ हुन आउँछ । राष्ट्र बैंकबाट स्वीकृति पाएकाे सो रकम एक साताभित्रै प्राप्त हुने बैंकले जनाएको छ । 

आर्इएफसी मार्फत लिएको ऋण एनएमबि बैंकले भौतिक पूर्वाधारका क्षेत्रहरु सडक, पुल, सुरुङमार्ग, विमानस्थल,  केवलकार  र जलविद्युत उत्पादन तथा प्रसारण लाइन निमार्णका लागि लगानी गर्न पाउनेछ । बैंकले यो रकम पर्यटन तथा कृषि क्षेत्रमा पनि लगानी गर्नसक्ने व्यवस्था छ ।

बजारमा देखिएको तरलताको अवस्थालाई सहज बनाउनका लागि नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो ।

तरलता अभाावलाई सम्बोधन गर्नका लागि अन्य बैंकहरु एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराईज बैंक, ग्लोबल आईएमई बैंक, र सानिमा बैंक लगायत अन्य बाणिज्य बैंक पनि वैदेशीक ऋण ल्याउनका लागि राष्ट्र बैंकमा अनुमतिको पर्खाइमा रहेका छन् ।

सम्बन्धित समाचारहरू:- 

वाणिज्य बैंकहरुले विदेशी मुद्रामा ऋण लिन पाउने, यस्तो छ व्यवस्था 

वाणिज्य बैंकहरुले तत्काल ८२ अर्ब ऋण लिन सक्ने,कसको क्षमता कति ?

ग्लोबल आइएमईले आइएफसीसँग वैदेशीक ऋण ल्याउने

इन्भेष्टमेन्ट बैंक पनि विदेशबाट ऋण ल्याएर लगानी गर्ने प्रकृयामा, आइएफसीसँग गर्यो सम्झौता 

सानिमा बैंकले पनि विदेशबाट ऋण ल्याएर गर्ने भयो लगानी

विदेशबाट कर्जा ल्याउने प्रक्रियामा हिमालयन बैंक पनि थपियो, सनराइज छलफलमा

एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा आदनप्रदान सम्झौता

बैंकहरुले भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने

पूर्वाधार विकास आयोजनाहरुले पनि विदेशबाट ऋण लिन पाउने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।