नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन

Jul 23, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार नयाँ नेपाल लघुवित्त (NNLB) को २५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको प्रतिकित्ता ६१० रुपैयाँ २९ पैसामा सेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ ।

लघुवित्तको १८० दिनको सेयर कारोबारका आधारकमा औसत आधारमूल्य ९६८ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । 

कम्पनीले साउन २७ गतेदेखि एनएमबि क्यापिटल मार्फत एक बराबर २.५ कित्ता अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्देछ । यस हकप्रदमा साउन ६ गते आइतबारसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन ।

२ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नयाँ नेपालको हकप्रदपछि ८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।