मेगा बैंककाे चिनियाँ रणनितिक साझेदार भित्र्याउने योजना, अन्य के के छन् ?

Jul 23, 2018 Merolagani

‘हलोदेखि हाइड्रोसम्म’ नारा लिएर नौ वर्षअघि स्थापना भएको मेगा बैंकले रणनितिक साझेदार भित्र्याउने भएको छ । विज्ञहरुसँगको परामर्शमा पञ्चवर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेको बैंकले नवौं वर्षमा आइपुग्दा अन्य बैंकसँग प्रतिस्पर्धामा उत्रन र पूँजी काेष मजबुत पार्न चिनियाँ साझेदार भित्र्याउने घोषणा गरेको हो ।

बैंकका अध्यक्ष भोजबहादुर शाहले छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएको बताउँदै बैंकको सञ्जाललाई संघीय संरचना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वाटर’ स्थापना गरी व्यापक बनाइने बताए । 

शाहले भने:- “संघीयताको कार्यान्वयनसँगै नयाँ/नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन् । आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छाैं  ।”

बैंकका अध्यक्ष शाहले २० कराेड पूँजीमा बैंकले अाफ्नै मर्चेन्ट बैंकिङ्ग कार्य गर्नका लागि मेगा सेयर क्यापिटल लिमिटेड स्थापना  गर्ने बताए । त्यसैगरि सेयर ब्राेकरकाे काम गर्नका लागि सहायक कम्पनी स्थापना गरिने पनि शाहले बताए ।  राष्ट्र बैंकले बाणिज्य बैंककाे सहायक कम्पनीलार्इ पनि सेयर ब्राेकरकाे इजाजत दिने व्यवस्था माैद्रिक नीति मार्फत गरेकाे थियाे ।

मेगाा बैंकले आफ्नो लगानीलाई विविधिकरण गर्ने क्रममा जनरल लाईफ इन्स्योरेन्समा लगानी गर्ने र भविष्यमा निर्जिवन बीमा कम्पनीमा जानसक्ने अवसर प्राप्त भएको शाहले बताए ।मेगाले कर्मचारीलार्इ सक्षम बनाउनका लागि मेगा ट्रेनिङ्ग स्कुलकाे स्थापना गर्ने भएकाे छ ।  

मेगा बैंकको छैटौं बार्षिक साधारण सभाले धितोपत्र दलाल सम्बन्धि कार्य गर्ने, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदान गर्ने कार्य गर्ने र सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक खरिद गरि वा सहायक कम्पनी स्थापना गरि मर्चेन्ट बैंकर सम्बन्धि कार्य गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै सोही सभाबाट नियमनकारी निकायको स्वीकृति लिएर स्वदेशी फर्म, कम्पनी वा संस्थासँग संयुक्त लगानी गरि वा सञ्चालनमा रहेको कुनै बीमा कम्पनीको सेयर खरिद गरि वा सहायक कम्पनी स्थापना गरि जीवन र निर्जिवन बीमा सम्बन्धि कार्य गर्ने प्रस्ताव २०७३ चैत ३ गते सम्पन्न छैटौं बार्षिक साधारण सभाबाटै पारित गरिसकेको थियो । साेही याेजना अनुसार बैंकले बीमा व्यवसायमा लगानी गर्ने भएकाे हाे ।

नवौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आठ वर्षमा मेगा बैंकलाई सफल वित्तीय संस्थाका रुपमा स्थापित गरेको बताउँदै टुरिजमसँगको मर्जरपछि चुक्ता पूँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल बताइन् ।

उनले बैंकिङ्ग क्षेत्रमा छोटो समयमै मेगा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको भन्दै ग्राहकको विश्वास जित्दै निरन्तर अघि बढ्ने उल्लेख गरिन् ।

बैंकले साना मझौला व्यवसाय र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । बैंकले अाठ बर्षमा लगानीकर्तालार्इ ५६.८६ प्रतिफल वितरण गरेकाे जनाएकाे छ । 

गत आर्थिक वर्षमा मेगाले ११ अर्ब ८२ करोड निक्षेप संकलन बढाएर ६३ अर्ब पुर्याएको छ । यसैगरी कर्जा प्रवाह पनि करिब ११ अर्बले बढोत्तरी गरेर ५७ अर्ब २६ करोड प्रवाह गरेको छ । बैंकका ग्राहक संख्या पाँच लाख रहेको छ ।

हालसम्म बैंकले १०१ शाखा कार्यालय विस्तार गरेको छ । देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ्ग सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटिएम सञ्चालित छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।