गरिमा रेमिटको सेवा अब कुमारी बैंकबाट पाइने

Jul 23, 2018 Merolagani

गरिमा विकास बैंक र कुमारी बैंकका बिचमा गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा रेमिटको सेवा कुमारी बैंकबाट पनि उपलब्ध गराउने सम्बन्धमा भएको सम्झौतामा गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात कुमारी बैंकका देशभर सञ्चालनमा रहेका ८६ वटा शाखाबा गरिमा रेमिटको विप्रेषण सेवा उपलब्ध हुनेछ । 

गरिमा विकास बैंकले कुमारी रेमिटको सेवा दिने सम्बन्धमा पनि सम्झौता भएको विज्ञप्तीमा उल्लेख छ । जस अनुसा गरिमा विकास बैंकका ५७ शाखाबाट कुमारी रेमिटको सेवा पाइनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।