कालिका माईक्रोक्रेडिटको पूँजी बढे अनुसार प्रतिशेयर आम्दानी सन्तुलित

Jul 24, 2018 Merolagani

भर्खरै राष्ट्रियस्तरको मान्यता पाएको कालिका माईक्रोक्रेडिट लघुवित्त(KMCDB) ले गत आर्थिक बर्षमा सन्तोषजनक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो बर्षको तुलनामा चुक्ता पूँजी बढाएको लघुवित्तले सोही अनुपातमा मुनाफा बढाएर प्रतिशेयर आम्दानी सन्तुलनमा राखेको छ ।

लघुवित्तले गत असार मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा १६.२६ प्रतिशत बढी हो । अघिल्लो बर्ष लघुवित्तले २ करोड २३ लाख नाफा गरेको थियो ।

अघिल्लो बर्षको भन्दा १४.२९ प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीले सोही अनुपातमा कमाई बढाएरु प्रतिशेयर आम्दानी सन्तुलनमा राखेको छ । जसको प्रतिशेयर आम्दानी २५.९९ रुपैयाँ छ ।

दश करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ५ करोड ७३ लाख रुपैयाँ राखेको छ । ५८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । साथै उसले ४९ करोड बराबर सापट लिएको छ ।

 

कम्पनीको निक्षेप संकलन, कर्जा विस्तार लगायतमा बढोत्तरी छ । कम्पनीले प्रकाशित गरेको बित्तीय विवरण अनुसार प्राय सबै बित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । बढ्दो ब्याज दरको मारमा परेर पनि ब्याज आम्दानी बढाउन सक्नु र संचालन खर्च नियन्त्रणमा राख्न सक्नु कम्पनीका राम्रा पक्ष हुन ।

तर कम्पनीको खराब कर्जा भने केही बढेको छ । उसले प्रोभिजनमा एक करोड ७८ लाख राखेको छ । लघुवित्तको खराब कर्जा १.६४ प्रतिशत छ ।

मेरोलगानीको डाटा एनालिटिक्सले गरेको फोरकाष्टसँग कालिकाको वित्तीय विबरण मिल्दो जुल्दो देखिएको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।