काम गरेर कम्पनीलाई नाम जस्तै बनाउन भने फाइनान्सलाई धेरै चुनौती छ । गत आर्थिक बर्षको चौथो त्रैमासिक विवरणले पनि संस्थालाई प्रगति पथमा लम्कन चुनौतीका धेरै पहाड रहेको देखाउँछ ।
वित्तीय विवरणमा देखिएकाे अधिक निष्कृय कर्जाको बोझ, ऋणात्मक जगेडा कोष, एक सय रुपैयाँभन्दा कम प्रतिसेयर नेटवर्थ र प्राप्ती गर्न लागेको सिनर्जी फाइनान्सको थपिन खराब कर्जा र ऋणात्मक जगेडा कोषलाई फाइनान्सलाई अनुकुल बनाउन सहज छैन ।
गत चैत सम्मको विवरणमा सिनर्जीको खराब कर्जा अनुपात २३ प्रतिशत र जगेडा १६ करोड बढी रहेकाले यसबाट पार पाउन कम्पनीलाई ठूलै कसरत आवश्यक पर्ने देखिन्छ ।
बेष्टले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा अनुपात ४९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले यस्तो अनुपात ५ प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
कम्पनीले गत आर्थिक बर्षमा रहेको ५२ लाख ६१ हजार नोक्सानीलाई ४ करोड ८८ लाख खराब कर्जा असुलीबाट एकै वर्षमा ४ करोड ४२ लाख ५५ हजार रुपैयाँले धनात्मक बनाएको छ । यद्यपि कम्पनी अझै ७ करोड ५८ लाख जगेडा नोक्सानीमा छ ।
चुक्ता पुँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको यस कम्पनीले गत आवमा २१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले दुई करोड ३४ लाख खुद ब्याज आम्दनानी गरेको छ ।
फार्इनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहनुलार्इ राम्राे मान्न सकिन्छ । यद्यपी प्रतिशेयर नेटवर्थ भने ७४ रुपैयाँ ४९ पैसा रहेकोले कमजोर देखिन्छ । यसले कम्पनीलार्इ धेरै सुधार गर्न बाँकी रहेकाे देखिन्छ ।
फाइनान्स कम्पनी माथि आईपरेका चुनौतीलाई पार गर्दे संस्थाकाे व्यवस्थापकीय क्षमताले सफलता तिर लैजान्छ कि असफलता तिर भन्ने कुरा फाइनान्सको चालू आवको प्रथम त्रैमासिक प्रतिवेदन प्रकाशित भएपश्चात मात्र अनुमान गर्न सकिएला ।