सप्तकोशी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा के गर्यो ?

Jul 24, 2018 Merolagani

बिराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा ३ करोड ७० लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ करोड ३५ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा २१ करोड १० लाख रुपैंयाको चुक्ता पूँजीलाई ५० करोड ८५ लाख रुपैंया पुर्याएको बैंकले कर्जा तथा निक्षेपको आकारमा केही बढोत्तरी गरेको देखिन्छ ।

३ करोड २८ लाख रुपैंया खराब कर्जा उठाएर  कर तथा कर्मचारी बोनस नछुट्याउँदा बैंकको आम्दानी ५ करोड ८२ लाख रुपैंया छ ।

बैंकको प्रतिसेढयर आम्दानी ७ रुपैंया २९ पैसा तथा मूल्य आम्दानी अनुपात १६.१८ गुणा बढी छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४ रुपैंया ५४ पैसा छ ।

सप्तकोशीले ३ करोड ६२ लाख रुपैंया खुद नाफा कमाउने फोरकाष्ट मेरोलगानी डाटा एनालिटिक्सले गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।