एनआईसी एशिया र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Jul 24, 2018 Merolagani

एनआईसी एशिया बैंकले नेशनल लाइफ इन्स्योरेन्ससंग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार अब एनआईसी एशियाका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिदगर्न सक्नेछन् ।



उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

बैंकको हाल २३२ शाखा कार्यालयहरु सहित, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।