भार्गव विकास बैंकले घोषणा गर्यो बोनस,कति पुग्छ चुक्ता पूँजी ?

Jul 24, 2018 Merolagani

भागर्व विकास बैंक (BHBL) ले अघिल्लो आर्थिक बर्षको कमाईबाट वितरण गरिने लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हाे ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७३/७४ को सञ्चित नाफाबाट बोनस वितरण गर्ने निर्णय गरेको हो ।

बैंठकले हाल कायमा चुक्ता पूँजीको ५.५५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । जस अनुसार बैंकले बोनसमा २ करोड ६४ लाख रुपैयाँ र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ वितरण गर्नेछ ।

राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछ ।

भार्गवले गत वर्ष निष्काशन गरेको ८० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख नाघ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।