गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी एनसीसी बैंकबाट खरिद गर्न सकिने

Jul 24, 2018 Merolagani

गुराँश लाईफ इन्स्योरेन्स (GLICL) को लाइफ इन्स्योरेन्स पोलिसी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शाखा कार्यालहरुबाट पनि खरिद गर्न सकिने भएको छ । बैंक र इन्स्याेरेन्सले साउन ७ गते बैंकास्योरेन्स सम्झौता गरेसँगै एनसीसी बैंकका ग्राहकले सो सेवा बैंक मार्फत नै पाउने भएका हुन् ।

बैंकास्योरेन्स सम्झौता पत्रमा गुराँश लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गरिनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।