महालक्ष्मी विकास बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा यस्तो छुट पाउने

Jul 24, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) का डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटी अस्पतालको सेवा शुल्कमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले अस्पतालसँग साउन ६ गते सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ प्रतिशत छुट पाउनेछन् ।यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

करिव ४ लाख ४० हजार ग्राहक वर्गहरुले नेपाल मेडिसिटीमा उपचार गराई सेवाशुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्ने बैंकले जनाएको छ । सो छुट पाउनका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले देशका ७३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।