१९ अंकले बढेको बजार किन भयो १४ अंकको बाउन्स ब्याक ?

Jul 24, 2018 Merolagani

बजार खुलेको एक घण्टा अवधिसम्म सामान्य बढेको मंगलबारको बजारमा अर्थमन्त्रीकाे राजीनामा अाउने हल्ला चलेसँगै साढे १ बज्दा बजार १८.६२ अंकले बढेर १२१३.१२ अंकमा पुग्याे । तर राजीनामा हल्ला मात्र रहेकाे थाहा पाएपश्चात बढेको बजारमा अल्पकालीन नाफा बुक गर्ने बढ्दा १४ अंक घटेर नेप्से परिसूचक एक हजार दुई सय अंकमुनि झरेर बन्द भएकाे छ। 

बढेको बजारमा खरिद भन्दा बिक्री चाप बढ्दा सूचक ओरालो लागेको हो । यसले सोमबारबाट लय समात्न लागेको बजार मंगलबार नै बिक्री चाप बढ्दा भोलिका दिनमा कता जाला भन्ने अन्यौलता लगानीकर्तामा छाएको छ ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल समग्र अर्थतन्त्रका सूचक राम्रो रहेको अवस्थामा बजार अस्थिर बन्नुमा सरकार र सेयर लगानीकर्ता बीचमा विश्वासको खडेरीलाई नै प्रमुख कारक तत्व देख्छन्।

अर्यालले भने:- 'अहिले सेयर बजारका लगानीकर्ता बजारले गति लिन खोज्यो कि त्यसबाट नाफा बुक गरेर भाग्न खोज्छन् । यसको प्रमुख कारण भनेको सरकारमाथि लगानीकर्ताको कन्फिडेन्स नहुनु हो ।'

'बजारमा नयाँ लगानीकर्ताको आगमन छैन भने पुरानो लगानीकर्तामा समेत दोधारमा रहेका छन् । मंगलबार अर्थमन्त्रीको राजिनामा आउने हल्लाले एकपटक बजार माथि उक्लियो र फेरी समान्य बढोत्तरीमा बन्द भयो । बजारमा मंगलबार देखिएको अर्थमन्त्री फोबियाको हाबीकाे कारण हो ।' अर्यालले भने ।

नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जिव तुलाधरले पनि बैंकको ब्याजदर घटेकाले पछिल्लो समय लगानीकर्तालाई केही राहत मिलेपनि सरकारप्रति लगानीकर्ता आवश्वत हुन नसकेको बताए ।

उनले मंगलबारको बजारमा अर्थमन्त्रीको राजीनामा आउने हल्लाले बजारमा उतार चढाव आएको बताउँदै हल्लाले बढोत्तरी आएकाले  बजार करेक्सन भएको बताए ।

अनलाईन कारोबार प्रणालीको सुरुवातको प्रकृयामा रहेको, छिटो बैंकहरुलाई ब्रोकर इजाजत प्रदान गरेर नयाँ लगानीकर्ता बजार प्रवेश गराउन आवश्यक रहेको उनले बताए । अहिले बजार धेरै तल झरिसकेकाले थप नघट्ने तुलाधरको अनुमान छ ।

 

मंगलबार १६० कम्पनीका ११ लाख ८९ हजार ६८९ कित्ता सेयर २९ करोड ४१ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ । नेप्से परिसूचक ४.७७ अंकले बढेर ११९९.२७ अंकमा बन्द भएको छ ।

यसदिन नबिल बैंक, नेपाल टेलिकम, नेपाल बैंक, र इन्भेष्टमेन्ट बैंकको एक करोड बढीको सेयर खरिदबिक्री भएको छ ।

सानिमा बैंक,मेगा बैंक, नेपाल इन्स्योरेन्स, सिभिल बैंक, एनएमबि बैंक र प्रभु इन्स्योरेन्स कम्पनी उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

कारोबारमा आएका ११ उप समूहमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्तको इन्डेक्स् घटेको छ भने बाँकी सबै उप समूह बढेका छन् । होटलको सूचक सबैभन्दा बढी ४९.४२ अंकले बढेको छ भने जीबन बीमा २०.६१ अंक, निर्जिवन बीमा १९.८९ र बैंकिङ्ग इन्डेक्स् ५.२५ अंकले सकारात्मक रह्यो ।

मंगलबारको बजारमा पनि नयाँ नेपाल लघुवित्तको सेयरमूल्यमा सर्किट लागेको छ । मंगलबार नै बोनस घोषणा गरेको भार्गव विकास बैंकको सेयरमूल्य ९.६० प्रतिशतले बढ्यो । गोर्खा फाइनान्स, समीट माईक्रोफाइनान्स, सिद्धार्थ फाइनान्स र सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीले पनि ५ प्रतिशत बढीले नाफा कमाएका छन् ।

उता बेष्ट फाइनान्सको सेयरमूल्य दश प्रतिशतले घटेको छ । वित्तीय विवरणमा नाफा बढ्नु बाहेक अन्य धेरै सूचक खराब देखिएपछि फाइनान्सको सेयरमूल्य ओरालो लागेको हो ।

त्यसैगरि प्रोगेसिभ फाइनान्सको सेयरमूल्व्य पनि ९.८६ प्रतिशतले घटेको छ भने नेशनल हाईड्रोपावर कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले घट्दा ८१ रुपैयाँमा झरेको छ ।

हिमालयन डिष्ट्रीलरी, नागवेली लघुवित्त युनाईटेड फाइनान्स,सेन्ट्रल फाइनान्स र लक्ष्मी भ्यालू फण्डका इकाईधनीले ३ प्रतिशत धेरैले गुमाएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।